जनकपुरधाम, जेठ ५ गते ।
भारतीय भोजपुरी सिने स्टारहरु जेठ २५ गते आफ्नो कलाको प्रदर्शन गर्न धनुषाको महेन्द्रनगर आउन लागेका छन् ।
धनुषाको क्षीरेश्वर नगरपालिका महेन्द्रनगरमा साँस्कृतिक कार्यक्रमको लागि भोजपुरी सिने जगतका सुपरस्टार दिनेशलाल यादव (निरहुआ) र नायिका आम्रपाली दुबै आउन लागेका हुन् । महेन्द्रनगरस्थित होटल मिथिला दरबारमा अगामी जेठ २५ गते कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
उक्त कार्यक्रममा निरहुवा र अम्रपालीसँगै निशा दुबे, चाँदनी सिँह, अभिनेत्री जोया, नेपाली गायक सुजन तिमिल्सीना, गायक राधा मोरिया र अनिल यादव समेत आउने आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेशको लागि टिकटको मूल्य १ हजार र १५ सय रुपैयाँ तोकिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !