जनकपुरधाम, जेठ ५ गते ।
नेपालमा पनि अब मोटरसाइकल चालक सहित पछाडि बसेका दुवैलाई जनालाई हेलमेट लगाउनु पर्नेछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न ल्याएको नयाँ योजना अनुसार चालक सहित मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्नेछ ।
आइतबार महाशाखाका पत्रकार सम्मेलन गर्दै मोटरसाइकलमा सवारी गर्ने दुबै जनाले राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त हेल्मेट हुनुपर्ने व्यवस्था गर्न लागिएको नेपाल ट्राफिक महाशाखाले जनाएको हो ।
नयाँ योजनामा अनलाइनमार्फत् जरिवाना बापतको रकम तिर्न सकिने छ । यसबारे जानकारी दिँदै एसएसपीले भने, ‘चालकहरुलाई सहज होस् र ट्राफिक व्यवस्थापन गर्न सहज होस् भन्ने उदेश्यले अनलाइन पेमेन्टको योजना अघि ल्याइएको हो ।
यसबाट चालकले लाइन बसेर बैंकमा भौचर भरेर रकम तिर्नु पर्ने समस्या समाधान हुने बताइएको छ। त्यसैगरी इ(चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट थमाइने पनि व्यवस्था ल्याउन लागिएको जनाइएको छ ।
त्यस्तै ट्राफिक लाइट थप गर्न र व्यवस्थापन गर्ने, उपत्यकाका सम्पूर्ण ठाउँमा पिक एण्ड ड्रपको व्यवस्थापन गर्ने, करिडोरहरु सञ्चालन गर्ने योजना ट्राफिकको रहेको उनले बताए ।
साना सवारीलाई उपत्यकाबाट विस्थापन गर्न पनि ट्राफिकले भूमिका खेल्ने, पर्यटर्कीय क्षेत्रहरुमा भइकल फ्रि जोन बनाउने, भाडाका सवारीमा ड्रेस कोडको व्यवस्थापन गर्ने योजना ट्राफिकको रहेको बताइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !