काठमाडौ, जेठ ५ गते ।
झापाको काकडभिट्टाबाट काठमाडौँ गइरहेको एक यात्रुवाहक बस धादिङ स्थित त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएको ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार दुर्घटनामा ४ जनाको घटना स्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनाको कारण खुल्न नसकेपनि तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !