हेटौडा, जेठ ४ गते ।
मकवानपुर प्रहरीले अवैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
शनिबार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ बस्ने २८ वर्षीय सुकुलाल थिङ र सोही ठाउँ बस्ने ३१ वर्षीय नमराज दर्जीलाई अवैध लागू औषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
प्रदेश ३ प्रहरी कार्यालयबाट प्राप्त सुचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा खटिएको संयुक्त टोलीले थिङ र दर्जीसहित ट्रक र १ सय २० किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो ।
हेटौंडा उपमहानगरपालिका–११ न्वलपुरस्थित सडक खण्डमा चितवनबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३७१५ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा कुखुराको दाना भएको बोराहरुले लुकाई राखेको अवस्थामा ११ वटा पोकामा गरी जम्मा १ सय २० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !