विरगंज, जेठ ३ गते ।
पर्साको जिराभवानी गाउँपालिका २ बलुवामा एक युवकले आफ्नै दाईलाई गोली हानेर घाइते बनाएका छ्न ।
घरायसी विवादका कारण सेख सराजुद्दिनले आफ्नै दाई ५५ वर्षीय फारुक सेखलाई गोली हानेर गम्भीर घाइते बनाएका छ्न ।
गम्भिर घाईते फारुकको पिठ्युँमा गोली लागेको छ उनको नारायणी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटना विहिवार राति घटना लगत्तै प्रहरीले घटनास्थल पुगेर गोली चलाउने सेख सराजुद्दिनलाई पक्राउ गरेको छ । उनको साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका बरामद भएको पर्साका डिएसपी अन्नतराज शर्माले जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !