काठमाडौ, जेठ २ गते ।
आफ्नै श्रीमतिलाई एसिड प्रहार गर्ने आरोपमा काठमाडौबाट एक व्यक्ति पक्राउ परेको छ ।
काठमाडौँको कालोपुलमा भएको एसिड प्रहार घटनामा जेनी (बुनु) खड्कामाथि अरु कसैले नभइ आफ्नै श्रीमान विष्णु (रोयल) भुजेलले एसिड प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।
आपसी विवादकै कारण श्रीमति जेनीमाथि एसिड प्रहार गरेको भन्ने कुरा गएराति पक्राउ परेका विष्णुले प्रहरी समक्ष स्वीकार गरेका छन् । फेसबुक टाइमलाइन हेर्दा उनीहरुबीच प्रेम सम्बन्ध प्रगाढ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
एसिड प्रहारबाट घाइते भएकी २२ वर्षीय जेनीको ओम अस्पताल हुँदै कीर्तिपुर अस्पतालमा सघन उपचार भइरहेको अस्पतालका जनसम्पर्क प्रमुख तारानिधि भुर्तेलले बताएका छ्न ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार भुजेल काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै आएको क्रममा पाँच वर्षअघि दुवैबीच विवाह भएको थियो । केही समयदेखि उनीहरुबीच वैवाहिक सम्बन्ध राम्रो नभएपछि अलग अलगत बस्दै आएका छन ।
वैवाहिक सम्बन्ध विग्रेपछि विष्णुले दोस्रो विवाह पनि गरिसकेका छन्, तर जेनी कालोपुलमा आमासँग बस्दै आएकी छिन् । विष्णुले दोश्रो विवाह गरेपनि जेनीलाई संगै बस्न पटक पटक आग्रह गर्दै आएपनि अर्की श्रीमतिलाई छोडेपछि मात्रै संगै बस्ने जेनीले भन्दै आएको थियो ।
घटनाका दिन पनि उनीहरुबीच सोही विषमा विवाद भएको थियो । राति करीब ८ बजेतिर विष्णुले श्रीमति जेनीलाई भेटने बहानामा बुलाएर एसिड प्रहार गरी फरार भएको थियो । राति भएको कारण कसले एसिड प्रहार गरयो कसैले हेर्न सकेको थिएन ।
पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा एसिड प्रहार गरेर फरार भएको विष्ण्ुालाई काडाँधारीको एउटा रेष्टुरेन्टबाट मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !