जनकपुरधाम, वैशाख ३१ गते ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पत्रकार र प्रेस जगतको स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याइएको मिडिया काउन्सील विधेयक विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छ्न ।
मंगलवार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति निधिले भने प्रेस जगत र पत्रकारलाई मर्यादित बनाउन प्रेस काउन्सील ऐन छंदाछंदै मिडिया काउन्सील ल्याउनुको कुनै औचित्य छैन, सरकारले मिडियामाथि आफ्ना नियन्त्रण राख्न नियतवश ल्याइएको एउटा अधिनायकवादको निती हो ।
उनले मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई एक करोड रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म जेल सजायको व्यवस्था राख्नुले नै सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको स्पष्ट भइसकेको आरोप लगाए ।
कांग्रेस उपसभापति निधीले भने प्रेस जगतलाई अझै मर्यादित बनाउनुपर्ने र थपघट कुरा समावेश गर्न आवश्यकता थियो भने प्रेस काउन्सील ऐनलाई संशोधन वा परिमार्जन गर्न सकिन्थ्यो तर यसप्रकार दुई तिहाई बहुमतको हैकमवादी देखाएर आफ्ना मन्त्रालयको एउटा शाखाको रुपमा मिडिया काउन्सील ल्याएर प्रेसको स्वतन्त्रतामाथि अंकुश लगाउनु गलत हो । यसको विरुद्धमा हामी छौ आवश्यकता परे पत्रकारहरुको समन्वयमा आन्दोलन गर्नेछौ ।
उनले जिल्ला तथा प्रदेशका नेता कार्यकर्ताहरुलाई मिडिया काउन्सीलसहितका पत्रकार र प्रेस जगतको स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याउन लागेको कानून पत्रकारहरुले गर्ने हरेक आन्दोलनमा सहयोग गर्न निर्देशन पनि दिए ।
पुर्व गृहमन्त्री समेत रहेका निधिले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको आक्रमण भएकाले तत्काल मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरे ।
साथै उनले पत्रकारका प्रतिनिधिसँग छलफल गरेर प्रेस काउन्सिललाई अझै मर्या्दित र अझै स्वतन्त्र बनाउने गरी संशोधन गर्न सकिन्थ्यो तर यसप्रकारले मिडिया काउन्सील, विज्ञापन र सूचना प्रविधि सम्बन्धी विधेयक लगायतका कानूनको नाममा प्रेस स्वतन्त्रतामाथिको आक्रमण गलत हो भन्दै यो नेपाली कांग्रेसलाई सह्य हुदैन आवश्यकता परे आन्दोलनमा जाने चेतावनी दिए ।
प्रेस यूनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा प्रदेश सांसद रामसरोज यादव, प्रमिला दास, जिल्ला सभापति महेशशंकर गिरी लगायतका उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !