जनकपुरधाम, वैशाख ३० गते ।
महिलाहरुको आर्थिक सशक्तिकरणका लागि धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा वैशाख ३० गतेदेखि चुडी लहठी तालिम आज शूरु भएको छ ।
वडाको आर्थिक सहयोग र सेफ नेपालको आयोजनामा शुरु भएको ११ दिने सो तालिममा स्थानीय २० जना महिलाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै वडाअध्यक्षले चुडी लहठी बनाउने तालिम सिकेर बजारमा एक ढक्कीया बेचेको पाएमा आफुले ५ जना साधु सहित १०१ जनाको भण्डारा गर्ने प्रतिबद्धता जनाए ।
उनले भने हिम्मत गर्नु होस वडा कार्यालयले महिलाहरुको आर्थिक सशक्तिकरण लागि विभिन्न तालिमहरुको महिलाहरुको लागि अगामी वर्षमा संचालन गरिनेछ ।
तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथि उपमेयर मिना यादवले तालिमको विधिवत रुपमा उद्घाटन गरेकी थिइन । उनले महिलाहरुलाई चुडी लहठी बनाउने सीपमुलक तालिमको माध्यमबाट स्वरोजगार सृजना गर्ने बताईन ।
समाजमा देखिका महिला हिंसा, रुढीवादी परम्पराको अन्त्य गर्नको लागि यस प्रकारको महिला मुखि तालिमको आयोजना गरिनु पर्ने पुर्व गाविस अध्यक्ष एवं स्थानीय नेता विसुनदेव यादवले बताए ।
सो तालिमको माध्यमबाट चुडी लहठी बनाउने तालिमबाट क्षमता विकास हुनुको साथै महिला समुहको रुपमा गठन गर्ने र तालिमको दिगोपनाको लागि समुह निर्माण गरि व्यवसायीको रुपमा लगाउने सेफ नेपालको उपाध्यक्ष एवं मानवअधिकार कर्मी विनोल महराले बताएका छन् ।
कार्यक्रममा कार्यापालिका सदस्य फुलो देवी महरा, वडा सदस्य दामोदर यादव, सहिद नदाफ र लक्ष्मीनिया गरेरीले तालिम कार्यक्रमको शुभकामना मनतव्य व्यक्त गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !