नेपालगञ्ज, वैशाख ३० गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको राप्तिसोनारी गाउँपालिका कुसुमबाट ५ लाख नगदसहित दुईजना पक्राउ गरेको छ ।
आयोगको सम्पर्क कार्यालय नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेको टोलीले गाउँपालिका १ मा रहेको लामिडाँडा सामुदायिक वन उपभोक्ता समूहका टीकाराम कामी र कोषध्यक्ष दिपक खुनालाई नगदसहित कुसुम बैरियाबाट पक्राउ गरेको हो ।
लामीडाँडा सामुदायिक बनको काठ टेन्डर मिलाइदिने भनेर कामीर खुनाले व्यवसायीबाट रकम लिइरहेको अवस्थामा अख्तियाले रंगेहात नियन्त्रणमा लिएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !