जनकपुरधाम, वैशाख ३० गते ।
राष्ट्रपति विद्या देवी भण्डारीले उपलब्ध प्राकृतिक श्रोत साधनलाई प्रचुर उपयोग गरी मुलुकलाई आर्थिक समृद्धितर्फ बढाउन आग्रह गरेकी छिन् ।
सोमवार जानकी नवमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा पुजाआजा गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित समारोहलाई सम्बोधन गर्दै भनिन् हाम्रो मुलुक विश्वमै प्राकृतिक श्रोत साधनले धनी भएपनि विकासको क्रममा पछाडि परेका छौ, उपलब्ध प्राकृतिक श्रोतसाधनलाई सही सदुपयोग गरेर अघि बढयौ भने मुलुकको आर्थिक समृद्धि हुने विश्वास व्यक्त गरिन् ।
उहाँले मुलुकको उर्वरभूमिको रुपमा रहेको तराईको कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व आएको कमीप्रति दुख व्यक्त गर्दै यस पक्षलाई आत्मसात गरी चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन दिगो विकासको अवधारणा सहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी यस उर्वर भूमिको प्रचुर उपयोग गर्न आग्रह गरिन् ।
विदेह राजा जनकले कृषि पर्व महायज्ञको आयोजना गर्दा दिव्यरुपी सीताको जन्म भई कृषिका लागि विश्वविख्यात भएको यो भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएको स्मरणीय छ । तर अहिले यसै भूमिमा कृषिको उत्पादन र उत्पादकत्वमा कमी आउनु दुखको कुरा रहेको भनिन् ।
साथै उहाँले राष्ट्री गौरवको रुपमा रहेको जानकी मन्दिरमा मनाइएको जानकी नवमीले मुलुकको समाजिक, सांस्कृति, समन्वय, राष्ट्रीय एकता, अखण्डतालाई थप सुदृढ तुल्याउने विश्वास समेत व्यक्त गरिन् ।
सो कार्यक्रममा भौतिम पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यहाँका मठ मन्दिरका जग्गाहरु अवैधमा रुपमा धमाधम विक्री वितरण भइरहेकोले यसप्रति संघीय सरकार संगै प्रदेश र स्थानीय सरकार सक्रिय भएर अघि बढनुपर्नेमा जोड दिए ।
त्यसैगरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय गौरवको रुपमा रहेकी जगतजननी माता सीताको जन्मोत्सवलाई राष्ट्रीय उत्सवको रुपमा मनाउन संघीय सरकारलाई असफल देखिएकोले प्रदेश सरकारले यसलाई प्रादेशिक पर्वकै रुपमा मनाएको छ र एकदिने विदाको घोषणा गरेको भने ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत गर्दै पछिल्लो पटक उहाँकै जनकपुर भ्रमणको क्रममा केही मधेशी आन्दोलनकारीबाट गलती हुन गएकोमा मुद्दा खेपिरहेका आन्दोलनकारीहरुमाथि न्याय गर्न आग्रह गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी नवमीको अवसरमा मन्दिरमा माता जानकीको पूजाआजा गर्नुका साथै मन्दिरको अवलोकनका साथै कार्यक्रममा विभिन्न साधु सन्त महन्थलाई सम्मान गरेको थिइन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !