जनकपुरधाम, वैशाख २९ गते ।
दिनानुदिन बढदै गएको बलात्कार जस्ता हिंसात्मक घटनालाई न्यूनकीरण गर्न जनकपुरधामका युवाहरुले बलात्कार विरुद्धको भित्ते चित्र अभियान चलाएका छ्न ।
समाज परिवर्तन युवाको काधमा भन्दै हातमा झाडु लिएर निस्केका युवाहरुले गत डेढ वर्षदेखि हातोमालो गरी समाज परिवर्तनको लागि विभिन्न स्वरुपमा उपस्थिति हुँदै आएको अहिले बलात्कार विरुद्धको अभियानमा जुटेका छ्न ।
मोरंग जिल्लाका युवाहरुको समूहले १० हप्तादेखि जिल्लाको विराटनगर महानगरपालिका तथा आसपासका क्षेत्रहहरुमा बलात्कार विरुद्धको विभिन्न सचेतनामूलक साँकेतिक भित्ते चित्र बनाएर वर्तमान समाजलाई सजग पार्ने अभियान चलाएका हुन् ।
परिवर्तनका लागि हातोमालो सँस्थाका अध्यक्ष विनोद परियारको नेतृत्वमा विराटनगर तथा आसपासको क्षेत्रको आम जनतालाई सजग पार्नको लागि साँकेतिक रुपमा भित्ते चित्र कोर्दे आएका छन् । सो क्रममा विराटनगर वडा नं. २ हाट नजिकै रहेको जनता नमुना उच्च माध्यामिक विद्यालयको पर्खालमा बलात्कार बिरुद्द चित्र बनाएका हुन ।
अभियन्ता राम पोखरेलले चांडै नै प्रदेश १ भरिनै यस्ता खाले अभियान संचालन हुने तथा त्यसको लागि कमिटि तयार गर्दै देशभरि नै यो अभियानलाई फैलाइने बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !