काठमाडौ, वैशाख २८ गते ।
काठमाडौ स्थित याक एण्ड यति होटलबाट १२ जना भारतीय नागरिकलाई अवैध नेटवर्किङ व्यवसायको आरोपमा पक्राउ गरिएको छ ।
होटल भित्रै नेटवर्किग व्यवसायका विषयमा कार्यक्रमका बीच छलफल गरिरहेको बेला नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । अनुसन्धानमा असर पर्न सक्ने भनी पक्राउ परेकाहरुको नाम ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन ।
नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको बोगटीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !