राजविराज, वैशाख २७ गते ।
चीनले नेपालमा आफ्नो प्रभाव बढाउंदै गएको विभिन्न क्रियाकलापले देखिएको छ ।
चीनले काठमाण्डौको भोटाहिटी स्थित पुनः निर्माण गरिरहेको दरवार स्कुल निर्माण स्थलमा चीनको झण्डा गाडिएको अवस्थाले चीनले आफ्नो प्रभाव बढाउंदै गएको देखिन्छ ।
निर्माण स्थलमा गाडिएको चीनको झण्डा देखेर स्थानीयहरु बिरोध जनाएका छन् । राष्ट्रियको हित विपरित निर्माण स्थलमा गाडिएको झण्डालाई हटाउन स्थानीयहरुले प्रशासनसँग माग समेत गरेको छ ।
निर्माण स्थलमा पुगेको एक स्थानीयले भने– संसारमा कही नभएका कानून हाम्रो देशमा देखिरहेको छु । चीनले निर्माण स्थलमा गाडिएको झण्डाको बारेमा राष्ट्रले बोल्न नसक्नु दुखद रहेको स्थानीयको भनाई छ ।
चीनले नेपालमा निर्माण गरिरहेको निर्माण स्थलहरु कब्जा गर्ने दृष्टिकोणले यस्तो झण्डा राखेको हुन सक्ने एक स्थानीयले बताए । यस्तै काठमाण्डौको बानेश्वर स्थित चीनले निर्माण गरेको आकाशीय पुलमा पनि नियमित बिपरित नेपाल चनीको सहयोग लेख्नुपर्ने ठाउँमा चीन नेपालको सहयोग लेखेको पाईएको छ ।
रणनीतिक ढंगले निर्माण स्थलहरुमा चीनले आफ्नो झण्डा फहराई रहेको घटनाक्रमले नेपालमाथि आफ्नो प्रभाव बढाउन रणनीतिक दाउ अघि बढाएको प्रष्ट हुन्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !