जनकपुरधाम, वैशाख २७ गते ।
भाउजु सँगको अवैध सम्बन्ध कायम राख्न आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा धनुषा प्रहरीले श्रीमान सहित दुई जनालाई पक्राउ गरेको छ ।
भाउजु सँगको अवैध सम्बन्धलाई विवाहमा परिणत गर्ने उद्देश्यले आफ्नै श्रीमति निर्मला देवी यादवलाई जिउंदो आगो लगाएर हत्या गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका १ चिरैयाटोल बस्ने मुकेश गोइतलाई प्रहरीले पक्राउ गरेको हो । मुकेश संगै घटनामा मतियार बनेका उनका भाउजु श्यामादेवी यादवलाई समेत परेकी छिन् ।
गत वैशाख ५ का दिन श्रीमानबाट आगो लगाइएकी घाइते निर्मलाको जनकपुर अञ्चल अस्पतालमा उपचारपछि थप उपचारको क्रममा काठमाडौ स्थित मोडेल अस्पतालमा गएको वैशाख १६ गते निधन भएको थियो ।
बिहीवार जिप्रका धनुषाले एक पत्रकार सम्मेलन आयोजना गरी आरोपितलाई सार्वजनिक गर्दै घटनाको खुलासा गरेका छन् । घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेको जिप्रका धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।
मुकेशको बयानपछि प्रहरीले उनका भाउजु श्यामादेवीलाई पनि पक्राउ गरिएको र पक्राउ दुवै देवर–भाउजुबिरुद्व कर्तव्य ज्यान मुद्दा चलाइएको जानकारी समेत प्रहरी उपरिक्षक खनालले दिएका छन् ।
घटनालाई यसरी अञ्जाम दिइयो
शहीदरनगर नगरपालिका चिरैयाटोल निवासी मुकेश गोइतको विवाह पुर्वदेखि नै भाउजु श्यामा देवीसँग अवैध सम्बन्ध रहेको थियो । गएको फागुन महिनामा निर्मलासँग विवाह भएपनि मुकेशको भाउजुसँग अवैध सम्बन्ध कायम नै रहेको थियो ।
सो कुराको जानकारी निर्मालालाई भएपछि श्रीमान मुकेश र श्यामासँग पटक पटक झै झगडा हुँदै आएको थियो । घटनाका केहीदिन अघि मुकेश र श्यामालाई निर्मलालाई घरमै आपतिजनक अवस्थामा देखेपछि पहिलादेखिको विवाद झन बढयो ।
गत वैशाख ५ गतेका दिन निर्मला र मुकेशबीच सोही विषयमा विवाद भयो । मुकेशले निर्मलालाई कुटपिट गर्दै उनको लुगा कपडा जलाउन अवैध सम्बन्ध रहेको आफ्नै भाउजु श्यामाको पसलमा पेट्रोल लिन गयो ।
भाउजु श्यामाले पेट्रोल किन चाहियो मुकेशसँग सोध्दा उनले श्रीमती निर्मलाको सम्पूर्ण सामान जलाएर घरबाट निकालि दिने भने । श्यामाले लुगाकपडा मात्रै किन उनलाई जलाएर पछि हामी भागी बिहे गर्ने योजना बनाए ।
योजना अनुसार मुकेशले निर्मलाको जिउमा पेट्रोल छर्केर आगो लगाएर फरार भयो । घटना लगतै घाइते निर्मला उपचारमा रहेको बेला प्रहरीले सोधपुछ गर्दा श्यामाले ईलाका प्रहरी कार्यालय सबैलालाई खाना बनाउने क्रममा साडीमा आगो लागेर घाइते भएको जानकारी गराएकी थिईन । तर प्रहरीलाई शंका लागेपछि घटनाको अनुसन्धान अघि बढाएको थियो ।
घटना पश्चात मुकेश विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकी स्थित प्रहरीले गएको मंगलवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइयो ।
पक्राउ परेका मुकेशसँग घटनाको छानबीन गर्दै जाँदा उनको भाउजु श्यामाको पनि संलग्ना रहेको खुल्न आयो । सोही बयानको आधारमा श्यामालाई पनि पक्राउ गरियो । निजहरुमाथि कर्तव्य ज्यान शिर्षक मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गर्ने कार्य भई र अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !