जनकपुरधाम , बैशाख २२ गते ।
जनकपुरधाम स्थित रामानन्द चौकमा रहेको एनआइसी एसिया बैंक लि.को एटिएम मेसिन जहिले पनि बिग्रेको अवस्थामा रहदा सेवाग्राही पुर्ण रुपमा मारमा परेका छन् ।
उक्त एटिएम मेसिन जहिले पनि आफ्नै समयमा खुल्ने र बन्द हुने गरेको पाएको छ , तर अचम्म लाग्दो कुरा यो छ कि, एटिएम मेसिनले कहिले काम गर्दैन । एटिएम मेसिनको गार्डले जहिले पनि खोल दिन्छ अनि बन्द गरि दिन्छ ।
एटिएम मेसिन खुलेको देखेर सेवाग्राही त्यहाँ पुग्छ तर भित्र छिर्दा “कहिले एटिएम मेसिनमा लाइन हुदैन त कहिले लाइन भएको बेला हार्डवेयर फेल भनेर आउछ ” ।
स्थानीय सेवाग्राहीहरुले एनआइसी एसिया बैंकका एटिएम मेसिन बिग्रिएको अवस्थामा सधै किन खोलेको भन्दै गालीगलौज समेत गरेको पाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !