जनकपुरधाम, वैशाख १८ गते ।
प्रदेश २ मा बालबालिकाहरुको वृति विकासका लागि पहिलो पटक किड्स फेस शो आयोजना हुन लागेको छ ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा स्कुले बालबालिकाहरुमा संस्कृतिप्रतिको झुकाव सहितको मोडलिंग, गायन, नृत्य लगायतका विकास गर्ने उद्देश्यले ठोर मिडिया प्रा.लि. सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी ५ वर्षदेखि १५ वर्षसम्मको स्कूले बालबालिकालाई पढाईका संगसंगै नृत्य, गायन, फैशन लगायतका कला संस्कृतिको कुरामा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक राम मण्डलले जानकारी दिए ।
उनले अडिशनबाट आएका छनौट बालबालिकाबीच प्रतिष्पर्धा गराई १० जना उत्कृष्टलाई विजेताको रुपमा घोषणा गरिने । विजेता बालबालिकाहरु जुनसुकै स्कुल कलेजमा पढन चाहे एकवर्षको शुल्क ठोर मिडिया प्रा.लि. उपहार स्वरुप तिर्ने जानकारी समेत दिए । शो को अडिशन आउँदो वैशाख २१ गतेदेखि शुरु हुने जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !