जनकपुरधाम, वैशाख १४ गते ।
मानव एकता दिवसको अवसरमा सन्त निरंकारी मण्डल जनकपुरधामद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिवार जनकपुरधाम स्थित जनक चौकमा आयोजित सो खुल्ला रक्तदान कार्यक्रममा निरंकारी सदस्यहरु सहित दर्जनौ व्यक्तिले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुलाई ब्रम्हज्ञानी सन्त, महापुरुष तथा निरंकारी परिवारका सदस्यहरुले सहयोग पुरएका थिए ।
चर्को घाम भएको कारण रक्तदान गर्नेहरुलाई गर्मी महसूस नहोस भन्ने उदेश्यका साथ निरंकारीका सदस्यहरुले हाते पंखा चलाएर सहयोग गरेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !