जनकपुरधाम, वैशाख १३ गते ।
आउंदो वैशाख १५ गतेदेखि शुरु हुने कक्षा ११ र १२ को परिक्षाको प्रश्नपत्रको पोको सिसिटीभी क्यामेरा अगाडि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेको छ ।
शुक्रबार महोत्तरीको भंगहा नगरपालिका सीतापुर स्थित भंगहा माध्यमिक विद्यालय भवनको शिलान्यास गर्दै मन्त्री पोखरेलले विगतमा सम्पन्न एसईई परीक्षा प्रदेश २ मा प्रश्नपत्र आउट लगायतका घटना भएको कारण त्यसलाई नियन्त्रण गर्न अब हुने कक्षा ११ र १२ को परिक्षाको प्रश्नपत्र क्यामेरा अगाडी खोलिने छ ।
उनले सम्बन्धित निकायमा सिसिटीभी क्यामेरा अगाडि नै प्रश्नपत्रको पोको खोल्ने निर्देशन दिइसकेको भन्दै सिसिटीभी क्यामेरा नभएको ठाउँमा परीक्षा अगावै नै व्यवस्थापन गर्ने बताए ।
उनले चैतमा सम्पन्न एसईई परीक्षामा प्रदेश २ मा परीक्षा पूर्व नै प्रश्नपत्र आउट जस्ता अमर्यादित गतिविधि भएको घटनाको छानबीन टोलीले तयार पारेको रिपोर्टको आधारमा २२ बुंदे सुधार योजना बनाइएको जानकारी दिए ।
सो भवन शिलान्यास कार्यक्रममा भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले पनि आफ्ना धारणा राखेका थिए । सो विद्यालयमा मन्त्री पोखरेलको संसादीय विकास कोषको ७० लाख लागतमा ८ वटा कक्षाकोठा भएको दुईतल्ले भवन निर्माण हुने भएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !