जनकपुरधाम, वैशाख १३ गते ।
महोतरीको एकडारामा ५० लिटर अबैध मदिरा सशस्त्र प्रहरीले नष्ट गरेको छ ।
सशस्त्र प्रहरी टोलीले चेकजाँच गरिरहेको देखेर एकडारा गाउँपालिका स्थित एक पुल नजिक मोटरसाइकलमा सवार व्यक्तिले ५० लिटर अवैध घरेलु मदिरा फेकेर फरार भएको थियो ।
सो मदिरा नियन्त्रणमा लिई एकडारा सशस्त्र प्रहरी चौकीले वडा अध्यक्ष र स्थानीयको रोहबरमा नष्ट गरेको हो । प्रहरीलाई देखेर टाढैबाट भागेको कारण मोटरसाइकल नम्बर व्यक्ति यकिन हुन नसकेको प्रहरी सहायक निरिक्षक विजय यादवले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !