
जनकपुरधाम, वैशाख ८ गते ।
समाचार लेखेको कारण राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका विद्यार्थी संगठनले दिएको धम्कीप्रति आफ्नो ध्यानाकर्षण भएको मधेशी पत्रकार समाज नेपालले जनाएको छ ।
आइतवार एक प्रेस विज्ञप्ति जारी मधेशी पत्रकार समाज नेपालले सिमित राजनीतिक गुटका केही युवाहरुले मधेश आन्दोलनकै अपमान गर्दै समाचार लेखेकै कारण धम्कीपुर्ण विज्ञप्ति निकालेको भनी उक्त विज्ञप्तिप्रति खेद प्रकट गरेको छ ।
समाजका अध्यक्ष मोहन सिंहद्वारा जारी सो प्रेस विज्ञप्तिमा पत्रकार अनन्त अनुरागको सुरक्षाको प्रत्याभुतिका लागि सरकारसँग मांग गरिएको छ । यसका साथै सम्बन्धित संगठनको नेतृत्वले तत्काल दोषीलाई कारवाही गर्न मांग समेत गरेको छ ।
साथै यस प्रकारको व्यवहार पुनः दोहरिएमा मधेशी पत्रकार समाजले अन्य विरोधका कार्यक्रम जोडदार रुपमा अघि बढाउने सम्बन्धित पक्षलाई जानकारी समेत विज्ञप्ति मार्फत गराएको छ ।
राजपा नेपालका विपी यादव र हरिनारायण मण्डल सहितका दुई नेता पक्राउ परेको घटना सँग जोडिएर आइतवार पत्रकार अनन्त अनुरागद्वारा सञ्चालित टुडे खबर अनलाईनमा “प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रालयमा काण्डै काण्डः मन्त्रीद्धारा जिल्लामा बजेट खर्च गर्न एजेन्ट नियुक्त” भन्ने शिर्षणकको समाचार प्रकाशन भएको थियो ।
सो समाचारको विषयवस्तुलाई लिएर राजपाका विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले एक प्रेस विज्ञप्ति जारी विभिन्न अपशब्द प्रयोग गर्दै धम्की समेत दिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !