जनकपुरधाम, वैशाख ८ गते ।
पारिवारिक विवादले विष सेवन गरी सिकिस्त भएका महोत्तरीको पिपरा गाउँपालिका प्रमुख विनोद चौधरीको उपचारको क्रममा निधन भएको छ ।
आइतवार बिहान काठमाडौस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ४५ वर्षिय प्रमुख चौधरीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । राजपा नेपालबाट निर्वाचित भएका प्रमुख चौधरी घरायसी विवादका कारण निर्वाचित भए बेलादेखि नै मानसिक र शारिरीक रुपमा बिरामी हुदै आएको थियो ।
गएको गत चैत २८ गते उनी विष सेवन गरेका प्रमुख एक हप्तासम्म जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई थप उपचारका लागि वैशाख ५ गतेका दिन विमानबाट काठमाडौ स्थित मेडिसिटी अस्पतालमा लगिएको थियो ।
अन्तिम क्रियाका लागि उनलाई आइतवार नै चौधरीको मृत शरिरलाई महोत्तरी पिपरा ल्याइने पारिवारिक श्रोतले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !