जनकपुरधाम, वैशाख ८ गते ।
एक महिलालाई दुव्र्यवहार गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका २५ लोहना निवासी एक दलित मुसहर परिवारकी ३५ वर्षिया महिलालाई कपाल मुण्डन गरी कुटपिट सहितका दुव्र्यवहार गरेको आरोपमा आरोपित मध्ये ८ जनालाई गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाइएको छ ।
पक्राउ पर्नेमा स्थानीय रामदुलार सादा, रामविनय सादा, हरिराम सादा, लुचवा सादा, शिवचरण सादा, राजवीर सादा, रन्जित सादा र सन्तोष सादा रहेका छन ।
आरोपितहरुले पिडीत महिलालाई नियन्त्रणमा राखि दुव्र्यवहार गरिरहेको थियो । तर घटनाबारे जानकारी हुन साथ पीडित महिलालाई उद्धार गरी आरोपितहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् ।
घटना के कति कारणले भएको बारे पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालतबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता गरी अनुन्धान अघि बढाइएको उनले जानकारी समेत दिएका छ्न । गएराति नै घटना भएपनि आइतवार घटना सार्वजनिक भएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !