जनकपुरधाम, वैशाख ५ गते ।
देशका विभिन्न स्थान सहित जनकपुरधाममा पनि पत्रकारिता साइबर क्राइम होइन, प्रेस स्वतन्त्रता ग्यारेन्ट गर मूल नाराका साथ धर्ना दिएका छन् ।
बिहीवार जिल्ला प्रशासन कार्यालय धनुषाको प्रांगणमा विद्युतिय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, पत्रकार अर्जुन गिरीलाई रिहा गर मांग गर्दै बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्ना दिएका छ्न ।
पोखराका पत्रकार अर्जुन गिरीको रिहाइको माग गर्दै बिहीबार जनकपुर सहित देशव्यापीरुपमा आन्दोलन भएको छ ।
नेपाल पत्रकार महासंघ धनुषाको अगुवाईमा आयोजित धर्ना कार्यक्रममा स्थानीय तथा राष्ट्रिय मिडियासँग आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !