जनकपुरधाम, वैशाख ५ गते ।
धनुषामा मोटरसाइकल सहित पाँचजना चोरलाई पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुलाई जिल्लाको विभिन्न बिभिन्न स्थानबाट चोरी भएको मोटरसाईकलको सूचना तथा उजुरीको आधारमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट परिचालित विशेष प्रहरी टोलीले अनुसन्धानको क्रममा विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल बरामद गरी त्यसमा संलग्न चोरहरुलाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा जनकपुर महानगरपालिका ४ का दिपकुमार महतो, ११ का असलम राईन, वडा न.७ का संजिवकुमार साह, वडा नं. १ का अरविन्दकुमार साह र धनौजी गाउँपालिका वडा नं. १ निवासी हसिबुल नदाफ रहेको जिप्रका धनुषाले जनाएको छ ।
प्रहरीले ज.११ प. ६०८९ नं.को ज्भचय ब्अजष्भखभच क्ष्क्इ लेखिएको मोटरसाईकल, ज.९ प. ४६१८ नं. को सुपर स्पलेण्डर मोटरसाईकल, ज.१ प. ८२ ९५ नं.को हिरोहोण्डा स्पलेण्डर मोटरसाईकल, ना.५प. ५९२० नं. को बुलेट मोटरसाईकल,बा ७८ प ११८४ नं को डिस्कभर मोटरसाईकल र ज.१३ प.१५१७ नं. को मोटरसाईकल बरामद गरेको छ ।
प्रहरीले धनुषा जिल्ला अदालतबाट म्याद लिई नियन्त्रणमा रहेका आरोपितहरु विरुद्ध चोरी शिर्षक मुद्दामा अनुसन्धान थालेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !