
जनकपुरधाम, वैशाख ५ गते ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव बिहीवार जनकपुरधाममा पनि परेको छ ।
नगर क्षेत्रमा बन्दको प्रभाव नपरेपनि जनकपुरधामबाट संचालन हुने लामो दूरीका सवारी साधन चल्न सकेन । पूर्वपश्चम राजमार्ग सहितका राजमार्गमा विहानैदेखि लामो दुरीका सवारी साधन चल्न सकेन । राजमार्ग बाहेक साना दुरीका र स्थानीय सवारी साधन संचालनमै रहयो ।
विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको कारण राजमार्ग क्षेत्रमा जनकपुरधामबाट संचालन हुने लामो दुरीको सवारी साधन संचालन हुन नसकेको जनकपुर अंचल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताए ।
उनले भने कसैको दबाव वा प्रभाव नभएपनि बस संचालकहरुले बन्दले गर्दा तोडफोड र आगजनी जस्ता क्षति हुन सक्ने आशंकाले बस चलाएन तर स्थानीय स्तर र साना दुरीका बसहरु संचालनमै रहयो । सांझदेखि काठमाडौ जाने बस संचालन हुने जानकारी समेत दिए ।
सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने सहितका विभिन्न माग राख्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !