लहान, वैशाख ३ गते ।
सिरहा प्रहरीले एक दस वर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
मंगलवार बिहान धनगढी नगरपालिका ७ का १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा सुखिपुर नगरपालिका ८ का २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका ४ का २५ वर्षीय संजय श्रेष्ठलाई पक्राउ गरेका छन् ।
पाहुनाको रुपमा बस्न आएको ती व्यक्तिहरुले निज बालकलाई सुखिपुर नगरपालिका ८ स्थित बाबुराम खोलामा लगेर मुख थुनी जबरजस्ती अप्राकृतिक मैथुन तथा मुख मैथुन गरेको थियो भन्ने आरोप लगाइएको छ ।
घटनाको सूचना प्राप्त भएलगतै ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरी टोलीले आरोपित मण्डल र श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनामाथि आवश्यक कारवाही अघि बढाइएको जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !