जनकपुरधाम, वैशाख ३ गते ।
धनुषा प्रहरीले मोबाइल र सुनको सिक्री लुटेको आरोपमा तीनजना युवकलाई पक्राउ गरेको छ ।
मंगलवार दिउंसो जनकपुरधाम उपमहानगरपालिका १५ बाट हनुमाननगर प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले मोबाइल र सुनको सिक्री लुटेको आरोपमा स्थानीय मो. नारिस राईन सहित ३ जना युवकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अन्य २ जनाको नाम प्रहरीले आवश्यक अनुसन्धान भइरहेको भन्दै खुलाएको छैन ।
स्थानीयले जनाए अनुसार ज ७ प ५६२ र ज १० प २०९५ नम्बरको मोटरसाइकलमा आएका ४÷५ जनाको समूहले स्थानीय इन्द्रेश कुमार सिंह र उनका साथीहरुबाट सुनको सिक्री र मोवाइल लुटेर भागेका थिए । भाग्ने वित्तिकै पीडितले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेपछि हनुमाननगर प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !