जनकपुरधाम, चैत १८ गते ।
प्रश्नपत्र बाहिरिएपछि स्थगित गरिएको प्रदेश २ को एसईई परीक्षा पुनः संचालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित गरिएको एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म संचालन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बोर्डको बैठकले चैत्र २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले बताए । चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिनेछ ।
त्यसैगरी २३ गते सामाजिक , २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।
आईतवारको भिषण हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए व्यवस्थापन मिलाउन जिल्ला परीक्षा समन्वय समितिलाई बोर्डले आग्रह पनि गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !