जनकपुरधाम, चैत १८ गते ।
नेपाली कांग्रेस प्रदेश नं. २ ले बारा र पर्साका हावाहुरीबाट प्रभावित व्यक्तिलाई १० लाख रुपैया राहत स्वरुप सहयोग गर्ने घोषणा गरेको छ ।
सोमवार घटनास्थल क्षेत्रको निरिक्षण गर्दै घाइतेहरुसंग अस्पतालमा भेटघाटको क्रममा नेपाली कांग्रेसका उपभासपति विमलेन्द्रले हुरीबतासबाट प्रभावित व्यक्तिहरुलाई कांग्रेस प्रदेश २ ले १० लाख रुपैया सहयोग गर्ने घोषणा गरे ।
सो निरिक्षणको क्रममा उपसभापति निधि संगै पार्टीका केन्द्रिय सदस्य आनन्द ढुंगाना, प्रदेश संसदीय दलका नेता रामसरोज यादब सहित धनुषा काग्रेस पदाधिकारी टोली प्रभावित क्षेत्रमा पुगेका थिए ।
बारा र पर्सा, जिल्लामा आइतवार सांझ पौने ८ बजे आएको हावाहुरी घटनामा परी हालसम्म तीन दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं व्यक्ति घाइते रहेका छन्, मृत्यु हुनेको क्रम अझै बढदै गएको छ ।
हावाहुरीले सो जिल्लाको पुरैनिया ,फेटा ,फुलबरिया ,भलुइ, भरवलिया, धर्मनगर , लगायतका एक दर्जनभन्दा बढी गाउँ प्रभावित भएको थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !