काठमाडौ, माघ २ गते ।
नेपाली काग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएको अस्पतालको जिम्मेवारीबाट सरकार पन्छिन खोजेको आरोप लगाएका छन् ।
बुधबारको राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै काग्रेस सांसद सुरेन्द्रराज पाण्डेले अन्य नौ अस्पतालको जिम्मेवारी केन्द्रीय सरकारले लिई दुई अस्पताललाई विघटनको अवस्थामा पु¥याएको आरोप लगाउंदै के कारणले सरकार यी दुई अस्पतालबाट बाहिरिएको हो भन्दै त्यसको जानकारी गराउन सरकारसँग माग गरे ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाको महत्वपूर्ण व्यक्तिका रूपमा गिरिजाप्रसादको नाम लिने गर्नु भए पनि व्यवहार त्यसअनुरुप नभएको सांसद पाण्डेको भनाइ थियो । कम्युनिष्ट सरकार हुँदा काङ्ग्रेस नेताका नाम हटाउने र काङ्ग्रेसको सरकार हुँदा कम्युनिष्ट नेताका नाममा खुलेका संस्थालाई असहयोग गर्नु असहिष्णुता हुने उनले बताए ।
उहाले ग्रामीण क्षेत्रमा खुलेका यी दुई अस्पताल केन्द्र सरकारले नै सञ्चालन गर्ने निर्णय गर्न माग गर्नुभयो । त्यस्तै सांसद राधेश्याम अधिकारीले डाक्टर गोविन्द केसीको १६ औँ अनशन एक साता नाघ्दा पनि हालसम्मका कुनै सरकारले समस्या समाधान नगरेको भन्दै केसीका मागलाई कुनै दलविशेषसँग जोडेर हेर्नुनहुने बताउनुभयो ।
सांसद रामनारायण बिडारीले पशु अधिकारको बेवास्ता गरिएको, मरेका, रोग लागेका, दुब्लाएका, अस्वस्थ पशुको मासुले असर गरेकाले मासु जाँच ऐन, २०५५ अनुसार उपत्यकामा अबदेखि बधशालाको व्यवस्था गर्न माग गर्नुभयो ।
बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यसैगरी अर्थमन्त्री खतिवडाले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५’ सभासमक्ष पेश गर्नुभएको थियो । यसैगरी बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘निवृत्तिभरण कोष विधेयक, २०७५’ र ‘भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५’ टेबुल गर्नुभयो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !