जनकपुरधाम, माघ २ गते ।
प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाको थप्पड प्रकरणमा आन्दोलनरत निजामति कर्मचारीको अधिकारिक ट्रेड युनियनले काम बन्द गरेर पेन डाउन गरेका छन् ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार युनियनले दोश्रो चरणको आन्दोलन अन्तर्गत आज पहिलो पहिलो दिन एक घण्टा पेन डाउन सहित दिनभरि हातमा कालोपट्टी बांधेर काम गरेका छन् ।
पेन डाउन गरिएको क्रममा मन्त्रालय अन्तर्गतका कर्मचारीहरु काम बन्द गरेर कार्यालय कोठा बाहिर बसेका थिए । बुधवार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा पेन डाउन गरेको कारण सेवाग्राहीहरु पनि प्रभावित भएका थिए र कार्यालय बाहिर बस्न उनीहरु पनि बाध्य भएका थिए ।
आन्दोलनका कर्मचारी अगूवा नेता मधेशी निजामति कर्मचारी मंचका महासचिव बेचन यादवले आन्दोलनको कार्यक्रम बारे जानकारी दिदै भने । .
कर्मचारीहरुले घटनाको न्यायिक छानबीन, दोषीमाथि कारवाही र शान्ति सुरक्षा सहित कर्मचारीलाई काम गर्ने वातावरणको मांग अघि सारेका छन् । आन्दोलनको दोश्रो बिहीवार २ घण्टा पेनडाउन र तेश्रो दिन शुक्रवार ३ घण्टा पेनडाउन गरिने छ । आन्दोलनका सबै दिन पेन डाउन बाहेक कर्मचारीहरुले हातमा कालोपट्टी बांधेर काम गर्नेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !