जनकपुरधाम, माघ २ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयरले लालकिशोर साहले आफ्नो अगाडि भएर रामानन्द चौकसम्म गएको बाटो पैसा खाएर सांघुरो बनाएको भन्दै स्थानीयले चक्काजाम गरेका छन् ।
एडबी परियोजना अन्तर्गत निर्माण भइरहेको सो सडक निर्माणको क्रममा बारह विघादेखि मेयर आफ्नो नजिकसम्म फराकिलो पारेको र त्यसअघि अगाडिको बाटो पैसा खाएर सांघुरो बनाएर बेइमानी गरेको भन्दै स्थानीयले मापदण्ड अनुसार सडक फराकिलोको मांग गर्दै मंगलवार चक्काजाम गरेका थिए ।
जनकपुरको जानकी मन्दिरदेखि रामानन्द चौकसम्मको अतिव्यस्त भएको कारण काखापाखा नगरी मापदण्ड अनुसार सवारीको चाप हेरेर सडक निर्माण गर्नुपर्ने उनीहरुको मांग गरेको छ ।
हाल ४२ फिट चौडा सडक मात्र गरिएको छ त्यसमा पनि मेयरले आफ्नो घर अगाडि रामानन्द चौकसम्म पैसा खाएर कम चौडा गरेको भन्दै मापदण्ड अनुसार सवारीको चाप हेरेर कम्तिमा ५२ फिट सडक कायम गर्नुपर्ने मांग गर्दै उनीहरुले बुधवार बिहान आधा घण्टा चक्काजाम गरिएको बताइएको छ ।
अतिव्यस्त सडक भएकाले दिनमा पानी नछर्किदा धुलो धुवाले समेत आफुहरुको स्वास्थ्यमा असर परेको भन्दै स्थानीय बासिन्दाले पानी समेत बेला बेला छर्किन माग गरेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !