Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पोखरामा फुलेका सुनाखरी


‘मोफसलमा बसेर सिर्जना गर्नेहरू केन्द्रको नजरमा सधैँ बोधो ठहरिन्छन्,’ गीतकार सुमन श्रापितबाट आवेश, कुण्ठा र निराशासहित पहिलो वाक्य निस्कियो । यो वाक्य किन गम्भीर छ भने प्रायः चर्चित गीतकारको प्रतिनिधि अनुभव हो यो । उनी ०५७ सालदेखि निरन्तर साहित्य र संगीतको पुजारी बनेर सिर्जनाको घन्टी बजाइरहेछन् ।

हुन त हामी निराशाको सूची तयार पार्न भेटेका थिएनौँ । बरु श्रापितका सुन्दर सिर्जनाको धुनमा पौडन चाहन्थ्यौँ । तर, सत्य के भने जीवनमा खुसी र असन्तोषको ग्राफ असन्तुलित हुन्छ । र, अनुभवहरू स्वाभाविक रूपमा त्यसरी नै व्यक्त हुन्छन् ।

सुमन श्रापित, गीतकार/साहित्यकार

यतिवेला मोफसलका सुमनलाई बुझ्नु थियो । वेलावेला काठमाडौंमा भेटिइरहने श्रापितको गीतमा डुब्न हामी बसिरहेको अनामनगरको चिया पसलमा सम्भव थिएन । सीधै पोखरा हुत्तिनुपर्छ । शुभ प्रभातमा हट लेमनले अमिल्लिएका सुमनलाई मैले पोखरातर्फ डो-याएँ ।

नेपाली कला, साहित्य, संगीतमा पोखरा निकै लोभ लाग्दो इतिहास बोकेर उभिएको छ । भन्नेले त पोखरालाई साहित्य, कला, संगीतको राजधानी नै भन्छन् ।

सायद लेखनाथ पौड्याल, सरोज गोपाल, बाबा राणा, झलकमान गन्धर्भ, कवि जनकेशरी धर्मराज थापा, अलि मिया, हरिदेवी कोइराला, सरुभक्त, तीर्थ श्रेष्ठजस्तालाई जन्म दिएकाले पनि त्यसो भनिन्छ होला ।

सिर्जनाका भोका सुमन पनि ०५७ सालमा त्यही मुहानमा हामफाले । उनलाई त्यहाँ स्नातकको पढाइ पूरा गर्नु थियो । साहित्यको खेती गरेर सिर्जना फुलाउनु थियो । सुमन भन्छन्, ‘आफूलाई बचाउनका लागि सिर्जनाले मात्र पुगेन, मासु पसल पनि गर्नुप-यो । संकटकाल थियो । प्रहरीको चौकीनजिकै पसल थियो । त्यो मासु पसल पनि लामो समय टिकेन ।’

जीवन जिउन श्रापितलाई मासु पसल र सिर्जनाको पछाडि दौडनुपर्ने बाध्यता थिएन । आइएको पढाइलगत्तै भारत भास्सिएका सुमनले ०५५ सालमै प्रतिष्ठित टायर कम्पनीमा सेक्युरिटीको काम पाए ।

तर, सेक्युरिटी गर्दागर्दै श्रापितले ‘विछोडको वेदना’ कवितासंग्रह नै निकाले । सुमन फ्ल्यासब्याकमा फर्कन्छन्, ‘भारतीय आर्मीको भन्दा राम्रो सुविधाको जागिर थियो । तर, सिर्जनामा रमाउने मनलाई खुकुरी भिरेर बसेको कत्ति रुचेन । त्यसैले राम्रो जागिर लत्याएर गीत, कविता, गजल लेख्न पोखरा आइपुगेँ ।’

०००

तित्याङको गाउँमा हलो जोत्दा भिर्ने रेडियोले उनलाई सिर्जना र गायनप्रति मोहित बनायो । नेपाली शिक्षक थिए, गोपालप्रसाद शर्मा ।

उनैले बच्पनदेखि साहित्य सिकाए । त्यसैले त स्कुले सुमनका रचना माधुरीजस्ता पत्रिकामा छापिन्थे । र, सुमन बाग्लुङ बजार आउँदा लिएर जाने साहित्यिक पत्रिका, कविर थापा, इन्द्रबहादुर राई, पारिजातका सिर्जनाले साहित्यको भोक जगायो ।

तर पनि उनलाई त गायक बन्नु थियो । पोखरा छिरेको केही समयमै आफ्नै एकल रचना, गायन र बिबी अनुरागीको संगीतमा पूर्णिमाको रात नामक लोक एल्बम सार्वजनिक गरे । एल्बममा अत्यधिक रुचाइएको गीत थियो, ‘पूर्णिमाको रात सानु, मायामा हुँदैन सानो ठूलो जात ।’

 

संगीत बजारमा एउटा इँटा थप्न मैले पोखरामा फुलेका सुनाखरी किताब निकालेँ । किताबमा मेरो मात्र होइन, लेखनाथ पौडेलदेखि २ सय १० जना साहित्यकारका गीत संगृहित गरेको थिएँ ।

 

चलचित्र गोर्खा पल्टनमा श्रापितको गीत ‘अच्छा लेकिन क्या बात’ जस्तै थियो पोखरामा उनीहरूको टिम । बिबी अनुरागी, तिलकबम मल्ल, रामजी नेपालीलगायतको समूह थियो । त्यतिवेला तिलकबम मल्लको परिवेश ब्यान्ड चर्चित बन्यो ।

सुमन भन्छन्, ‘बिबी, हामीहरू भुइँमा बिस्तरा लगाएर सँगै सुत्थ्यौँ । कहिलेकाहीँ त एउटै बेडमा ५–६ जनासम्म हुन्थ्यौँ ।’ उनीहरूको त्यो टिम सिर्जनशील थियो । सुमन त्यसवेला पत्रकारितामा पनि कलम चलाउन थाले । जुन उनको लागि बाँच्ने आधार बन्यो ।

त्यतिवेलै हो सुमनले तिलकबम मल्लको स्वरमा रिमझिम, रामजी नेपालीको स्वरमा कुन परी हौ भन तिमी, आफ्नै स्वरमा फूलपाती देवीदेउता क्यासेट बजारमा ल्याएको । क्यासेटको युग थियो त्यो, मेमोरी कार्ड भन्ने त्यसवेला कसलाई पो थाहा थियो होला र ?

०००

श्रापित पोखरा युवा सांस्कृतिक परिवारमा आबद्ध भए । अब उनको परिचयको दायरा झन् फराकिलो बन्यो । जुन पोखराको प्रतिष्ठित संस्था थियो । दुई कार्यकाल त सुमनले सचिव भएर परिवार हाँके । त्यतिवेलै सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवीको संगतबाट धेरै सिके ।

सुमन भन्छन्, ‘त्यतिवेला हामी पोखरामा साहित्यिक र सांगीतिक कार्यक्रम धेरै गथ्र्यौं । वाचनपछि सधैँ अग्रजहरू हौस्याइरहनुहुन्थ्यो । म झन् लेख्न थाल्थेँ ।’

त्यही हौसलाले उनको नयाँ कृति आयो, पोखरामा फुलेका सुनाखरी । सुमन भन्छन्, ‘संगीत बजारमा एउटा इँटा थप्नका लागि मैले त्यो कदम उठाएँ । किताबमा लेखनाथ पौड्यालदेखि पोखरेली २ सयभन्दा बढी साहित्यकारका गीत संगृहित गरेको थिएँ ।’

त्यतिवेलासम्म उनको कल्पना गौतम र स्वरुपाको स्वरमा मेरो धड्कन तिमी, मोहनीमा, तिन्तीमिन्ती, कृष्ण नेपालीको स्वरमा मन पराउनु तिमीलाईलगायत गीत रेकर्ड भइसकेका थिए ।

सुमनले पोखरामा राम्रो गीतकारको छवि बनाइसकेका थिए । त्यहीबीचमा सुमनको अर्को आधुनिक गीत तथा गजल एल्बम आयो, शुभयात्रा ।

दुई वर्षपछि अर्थात् ०६९ मा काठमाडौंबाटै संकल्प एल्बम सार्वजनिक गरे । त्यसपछि नेपाली म्युजिकले उनको रचना खोज्न थाल्यो । उनको यात्रा रोकिएन, देविका बन्दना, स्वरुपा, अञ्जु पन्त, सुनीता दुलालसँग काम गरे ।

त्यही समय गायिका मिलन अमात्य नेपाली संगीत क्षेत्रमा उदाइन् । मिलन अमात्यको डेब्यु गीत जसलाई मुटुको अंश ठानेको थिएँका गीतकार थिए, श्रापित ।

त्यसपछि उनको अर्को टर्निङप्वाइन्ट बन्यो चलचित्र निसानी र परदेशी । निसानीको अच्छा लेकिन क्या बात, सोल्टीज्यू, परदेशीको सिरीमा सिरी मुरली बज्यो निकै रुचाइयो । जसमा बलिउडका स्टार उदितनारायणको पनि स्वर छ ।

चलचित्र जीवनलीलाका कहिले ओराली झर्छ जिन्दगी, स्वरूपराज र कमला गौतमको मेरो धड्कन तिमी, अञ्जु पन्तको यसपालिको तिज, देविका बन्दनाको फुरुक्क परे बरिलईलगायत श्रापितका चर्चित गीत हुन् । आजसम्म आइपुग्दा उनका डेढ सय गीत रेकर्ड भइसकेका छन् भने आधा दर्जनभन्दा बढी चलचित्रमा गीत गुञ्जिसकेका छन् ।

रोमान्टिक उदितनारायण

सुमनको रचना उदितनारायणबाट स्वरबद्ध भएर बजारमा आउँदै छ । तर, उदितनारायणसँग भने सुमनको भेट परदेशी फिल्मको गीत रेकर्ड गराउँदाताका भएको थियो । जतिवेला बिबी अनुरागी र सुमन उदितनाराणलाई भेट्न मुम्बई पुगेका थिए । श्रापितले त्यो क्षण सम्झिए ।

‘बादल फाटेको वेला बोलको गीत रेकर्ड गराउन मुम्बई पुगेका थियौँ । सुरुमा त उहाँको समय मिलाउनै हम्मेहम्मे प-यो । त्यतिवेला रञ्जित गजमेरले हामीलाई सहयोग गर्नुभयो । दीपा दिदी र उदित दाइको समय मिलेपछि स्टुडियो बुक ग-यौँ । उदित दाइ आउनुभयो ।

स्टुडियोको बिल चढिरहेको थियो । उहाँले भन्नुभयो, ‘बसाइ कति छ ?’ हामीले भन्यौँ, ‘काम सकेर भोलि नै फर्कने ।’ उहाँले भन्नुभयो, ‘मेरो तबियत खराब छ । भोलि गरौँ । खै लिरिक्सचाहिँ हेरौँ ।’ लिरिक्स हेर्नेबित्तिकै उहाँले डायरी निकाल्नुभयो ।

डायरीको सुरुमा गणेशको फोटो थियो । भन्नुभयो, ‘सिरीमा सिरी बतासै चल्यो आहा क्या अच्छा ।’ एक्कासि रोमान्टिक मुडमा आउनुभयो । र भन्नुभयो, मेरो नेपालको ग्यापलाई यो गीतले पूरा गर्नेछ । बिबीले गीतको संगीत सुनाएपछि उहाँ त तत्काल गीत गाउन कस्सिनुभयो ।

गीत तयार भएपछि उहाँ आफैँ गीत सुनेर मस्तसँग नाच्नुभयो । हामी रमाइलो गरेर लेटनाइटसम्मै बस्यौँ । उहाँ एउटा काममा लागेपछि अर्कोतर्फ ध्यानै दिनुहुँदैन रहेछ । अर्को दिन हामीलाई घरमै निम्ता गर्नुभयो । उहाँकै घरमा खाजा, खाना खायौँँ । र, मेरो अर्को गीत बादल फाटेको वेला पनि त्यही दिन रेकर्ड ग-यौँ ।’

०००

श्रापित अहिले पनि गीत सिर्जनाकै कर्ममा छन् । र, मोफसलबाटै राजधानीलाई हस्तक्षेप गर्दै छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव