Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वास्थ्य शिक्षामा खेलबाड

सरकारले गत कात्तिकमा जारी भएको चिकित्सा शिक्षासम्बन्धी विधेयकमा फेरबदल गर्दै प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरेपछि स्वास्थ्य शिक्षाका क्षेत्रमा फेरि विवाद र बहस सुरु भएको छ । यस्तो बहस मूलतः नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा सार्वजनिक क्षेत्रको दायित्व के हुने, सार्वजनिक स्वास्थ्य सेवालाई आमजनताको पहुँचमा कसरी पु-याउने, निजी स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा निजी लगानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर भइरहेको छ ।

सरकारबाट प्रस्तुत विधेयक जस्ताको तस्तै पास भएमा यसले स्वास्थ्य शिक्षामा रहेको विकृति बढाउन सक्ने र स्वास्थ्य सेवा र शिक्षामाथि साधारणको पहुँच कम हुन सक्ने सम्भावना बढेको छ

अहिले सरकारबाट प्रस्तुत विधेयक जस्ताको तस्तै पास भएमा यसले स्वास्थ्य शिक्षामा रहेको विकृति बढाउन सक्ने र स्वास्थ्य सेवा र शिक्षामाथि साधारण परिवारको पहुँच कम हुन सक्ने सम्भावना बढेको छ । यसरी आमरूपमा संविधानले परिकल्पना गरेको समाजवादमुखी व्यवस्थाको आधार खडा गर्ने उद्देश्यमा समेत प्रतिकूल प्रभाव पार्न सक्ने विधेयक ल्याएपछि वर्तमान सकारको बोली र व्यवहारबीच अन्तरविरोध देखिएको छ । जनताप्रति र सार्वजनिक स्वास्थ्य सेवालाई सहज पहुँचमा पु-याउने भन्ने उसको प्रतिबद्धतामा प्रश्न उठ्न सक्ने देखिएको छ ।

वास्तवमा यस्तो प्रश्न उठ्नुका पछाडि हाम्रो नीति–निर्माण तहमा कसरी निजी क्षेत्रका लगानीकर्ता, खासगरी स्वास्थ्य, शिक्षा र सेवाका नाममा समग्र स्वास्थ्य सेवामा रहेको सार्वजनिक लगानीलाई हतोत्साही गर्ने प्रयास भएको त छैन भन्ने आशंका लुकेको छ ।

यसैगरी सरकारी अस्पताल र स्वास्थ्य संस्थाको सेवा कमजोर बनाउँदै लैजाने, बिरामीलाई निजी अस्पतालतिर खिच्ने, ढाड सेकेर लुटखसोट गर्ने, निजी शिक्षण अस्पताल सञ्चालन गरेर सीमित लगानीकर्ता मोटाउने र त्यही लुटपरस्त वितरण प्रणालीमा राजनीतिक नेतृत्व र नोकरशाही संयन्त्रलाई सामेल गराएर साधारण नागरिकको एमबिबिएस अध्ययन गर्ने या सस्तोमा स्वास्थ्य उपचार पाउने अधिकार खोस्ने षड्यन्त्र हुँदै आएको सन्दर्भमा यस्ता प्रश्न उठ्नु स्वाभाविक हो ।

सन् १९९० को आरम्भबाट थालिएको निजीकरणका कारण पछिल्लो समय देशमा बर्सेनि मागभन्दा बढी स्वास्थ्यकर्मी उत्पादन भइरहेका छन् । तर, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था अत्यन्त दयनीय छ । लामो समयदेखि सामुदायिक स्वास्थ्य सेवाका क्षेत्रमा नेपालमा भइरहेका प्रयासका सकारात्मक परिणाम आइरहेका भए पनि विशेषज्ञ सेवा चाहिने बिरामीको सन्दर्भमा भने देशको अवस्था गएगुज्रेको छ ।

सरकारी अस्पतालको सेवा खस्कँदै गएको छ । निजी क्षेत्रले देशका सुविधाजनक भागमा सेवा विस्तार गर्दै गएको छ । तर, त्यो पहिलो त निकै महँगो छ, दोस्रो अहिलेसम्म पनि सीमित निजी अस्पतालले बाहेक विश्वासिलो सेवा दिन सकेका छैनन् । निजी क्षेत्रमा अत्यधिक महँगो शुल्क लिइने गरेकाले गरिब परिवारका जेहनदार विद्यार्थी चिकित्सा शिक्षा पढ्ने अवसरबाट वञ्चित छन् ।

यस्तो अवस्थामा सीमित लगानीकर्ता या आफ्नो पार्टीका वरपर बसेर नेतृत्वलाई आर्थिक लाभ पु-याउने लगानीकर्ताका पक्षमा सरकारले कानुन बनाउन लागेको हो कि भनेर आशंका उठाउने काम विधेयकले गरेको छ । यस्तो विधेयक पास गर्नुअघि संसद् र सार्वजनिक वृत्तमा समेत पर्याप्त बहस गर्ने अवसर दिइनुपर्छ । कम्युनिस्ट सरकारका निम्ति यो परीक्षणको विषय पनि बन्नेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव