Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ओलीको रेल कूटनीति


प्रधानमन्त्रीको रेल सपना आफैँमा ठीक छ । तर, त्यो रेल सपनालाई विपनामा बदल्न सरकारसँग कस्तो योजना छ, योचाहिँ हेर्नुपर्ने हुन्छ ।

भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले भनेका छन्, ‘सपनाहरू ती होइनन्, जो निदाएका वेला देखिन्छन्, सपना भनेका त ती हुन्, जसले निदाउन दिँदैनन् ।’ भारतीय पूर्वराष्ट्रपतिको यो भनाइ यतिवेलाचाहिँ नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चरितार्थ भएको छ ।

आफूले भाषण गर्ने वेलामा देखेको र देखाएको रेल सपनाले प्रधानमन्त्री केपी ओलीको निद्रा हराएको छ । निद्रा यसकारणले मात्र हराएको छैन कि उनले भारतीय रेल ल्याउनु छ, निद्रा त यसकारण बढी हराएको छ कि विपक्षीले ओलीले भनेजस्तो सजिलै नेपालमा रेल गुड्न सम्भव छैन भनेर दाबी गरिरहेका छन् र ओली यसमा असफल हुने ठोकुवा गरिरहेका छन् ।

 

ओलीको रेल सपना सत्ताधारीका लागि एक चुनौती हो, यो चुनौती जसरी पनि पूरा गर्नुपर्छ । विपक्षीका लागि ओलीको रेल घोषणा आवेगको हावादारी अभिव्यक्ति हो, यही कारण ओलीलाई असफलताको पगरी गुताउन सकिन्छ भन्ने विपक्षीको ठम्याइ छ ।

 

यसअघि प्रधानमन्त्री हुँदा होस् वा गतवर्ष सम्पन्न चुनावी सभामा होस् वा पार्टीका चुनावी घोषणापत्रमै किन नहोस्, प्रधानमन्त्री ओलीले आमनेपालीलाई केही वर्षमै छुकछुके रेलमा हिँड्न पाउने सपना देखाइसकेका छन् । कतिले ओलीको यस अभिव्यक्तिलाई हँसिमजाकको विषय पनि बनाए ।

 

तर, प्रधानमन्त्री आफ्नो रेल सपनामा कत्ति पनि विचलित छैनन्, बरु विगतमा उनले सुझबुझपूर्ण तरिकाले बोलेका हुन् भन्ने छिमेकी राष्ट्रको भ्रमणमा काठमाडौंसम्म रेल ल्याउने विषयलाई आफ्ना एजेन्डामा प्राथमिकतामा राखेका विषयले पनि पुष्टि गरेको छ । रेल गुडाउने विषयमा विपक्षीको व्यंग्यवाण चलिरहेका वेला ओलीले आफ्नो भारत भ्रमणमा रेलमाथि पानी जहाजसमेत थपिदिएका छन् ।

चीनतिर रेलमार्गको हात बढाएर भारतलाई ईष्र्या जगाउने तर भारतको रेललाई पनि सहर्ष स्वागत गर्ने रणनीति देखिन्छ, प्रधानमन्त्री ओलीको

स्थायी भनिएको सरकारले गर्ने भनिएका विभिन्न दीर्घकालीन विकास निर्माणका काममध्ये सबैभन्दा बढी चर्चा पाएको योजना रेलमार्ग नै हो । चाहे त्यो भारत भ्रमणका क्रममा होस्, चाहे चीन भ्रमणका क्रममै किन नहोस्, रेलमार्गले बढी नै चर्चा पायो । रेलको चर्चा प्रधानमन्त्रीको भ्रमणमा मात्र भएको छैन, सदनदेखि सडकसम्म र महलदेखि झुपडीसम्म पनि चिनियाँ रेल र भारतीय रेलका गफ चलिरहेका छन् ।

 

छिमेकी मुलुकको रेलमार्ग देशको राजधानी काठमाडौंसम्म भित्रिने सम्भावनाको कुरा गर्दाचाहिँ चिनियाँ रेल सपना हो र भारतीय रेलचाहिँ यथार्थको नजिक छ । तर, चिनियाँ रेल काठमाडौं ल्याउने विषयचाहिँ सत्यतामा आधारित छ भने भारतीय रेलचाहिँ चीनको रेलमा निर्भर छ । जब चीनले काठमाडौंसम्मको रेलमार्ग निर्माण सुरुवात गर्छ, तब मात्र भारत काठमाडौंसम्म रेल पु-याउने पहिलो राष्ट्र हुने लोभमा रेलमार्ग निर्माणमा लाग्नेछ ।

 

यस्तो वेला भारतले रेलमार्ग निर्माण ढिला सुरु गरे पनि भारतीय रेल छिटो काठमाडौं भित्रिने निश्चित छ । इतिहासका विभिन्न कालखण्डमा सानै नै भए पनि भारतीय रेल नेपाल भित्रिसकेका उदाहरण भएकाले पनि भारतीय रेल काठमाडौं ल्याउन समस्या छैन, जति चिनियाँ रेलको समस्या छ । समस्या छ त मात्र भारतीय चिन्तनको । त्यसैले चिनियाँ रेल नेपालीका लागि सहयोगको भावना बोकेर काठमाडौं आउनेछ भने भारतीय रेलचाहिँ आफू पहिलो हुने नाममा चीनको सहयोगमाथि काउन्टर दिन काठमाडौं आउनेछ ।

 

यस्तो दुई देशीय प्रस्तावित रेलमार्गमाथि बहस चलिरहेका वेला प्रधानमन्त्री ओलीको रेल कूटनीतिचाहिँ लोभलाग्दो छ । चीनतिर रेलमार्गको हात बढाएर भारतलाई ईष्र्या जगाउने तर भारतको रेललाई पनि सहर्ष स्वागत गर्ने रणनीति देखिन्छ प्रधानमन्त्री ओलीको । यो कूटनीतिले नेपाललाई फाइदा पुग्नेछ । दुई देशीय प्रतिस्पर्धामै किन नहोस् प्रधानमन्त्रीले भनेझैँ छुकछुके रेल काठमाडौंमा दशकभित्रमा गुड्नेछ ।

 

चीनतिर मित्रताको हात बढाउने र भारततिर ईष्र्या बढाउने तर त्यसलाई भारतसँग इबी साँध्ने रूपमा प्रधानमन्त्री ओलीले नलिने हो भने दुवै देशसँग नेपालको रेलवे सम्बन्धको जालो मजबुत हुन सक्छ । यो वातावरण प्रधानमन्त्रीको भारत र चीन भ्रमणपछि बन्दै गएको छ । यो सहज वातावरणलाई बढीभन्दा बढी सदुपयोग गर्न सक्नुपर्छ ।

 

रेलको बहस जतिसुकै गरम भए पनि बहसमा एउटा कुरा भुलिएको छ । बहस भारतीय रेल र चिनियाँ रेलमा भएको छ, नेपाली रेलमा कम भएको छ । मोनोरेलको बहस छायामा परेको छ । यसले चाहिँ हाम्रो पराश्रित मानसिकताको स्पष्ट तस्बिर दिन्छ । वास्तवमा रेलमार्ग चीन वा भारतसँग जोड्ने हो, त्यसमा चीनका रेल गुडून्, भारतका गुडून् वा नेपालका गुडून् ।

 

नेपालमा रेलमार्ग भएपछि भारतीय र चिनियाँ रेल मात्र गुड्दैनन्, नेपाली रेल पनि गुड्छन् । नेपालले जलमार्ग छुन भारत वा चीनमार्फत नै जानुपर्नेजस्तो रेलमार्गका लागि भारत र चीनको मात्र मुख ताक्नुपर्दैन । भारत र चीनबाट आवतजावत गर्न र भारत वा चीनबाट सामान ढुवानीका लागि भारतको रेलमार्ग वा चिनियाँ मार्ग प्रयोग गर्ने हो र उनीहरूसँग रेल कनेक्सन चाहिन्छ, तर आफ्नो देशभित्र रेल गुडाउन भारत र चिनियाँ रेलसँग नेपाली रेलको कुरा जोडिरहनुपर्दैन ।

 

आन्तरिक रूपमा पनि हामी रेलमार्ग निर्माण गर्न सक्छौँ । तर, रेल बहस त्यतातिर भने भुलेको महसुस हुन्छ । नेपालको तराईमा पूर्वपश्चिम रेलमार्ग बनाउन कसैलाई गुहार्नुपर्दैन, नेपाल आफैँले सक्छ । सरकारले सक्दैन भने निजी क्षेत्रलाई दिए पनि हुन्छ ।

 

एकछिन नेपालको आन्तरिक रेलमार्गलाई बिर्सेर भारतीय वा चिनियाँ रेलमार्गकै कुरा गराैँ। हाम्रो देशमा नेपाली आफैँले रेलमार्ग बनाउन नसक्ने हो भने पनि भारतीय वा चिनियाँ सहयोगमै किन नहोस्, काठमाडौंमा रेल आउनुपर्छ । यसले देश विकासमा ठूलो फड्को मार्छ । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेझैँ ठूलो लक्ष्य नराखी प्रगति हुँदैन । त्यसैले प्रधानमन्त्रीको रेल सपना आफैँमा ठीक छ । तर, त्यो रेल सपनालाई विपनामा बदल्न सरकारसँग कस्तो योजना छ, योचाहिँ हेर्नुपर्ने हुन्छ ।

 

काठमाडौंदेखि छिमेकी मुलुकसँग जोड्ने रेलमार्ग तत्कालै सम्भव छैन भनेर विपक्षी दल र ओलीविरोधीले जसरी ठोकुवा गरिरहेका छन्, त्यसरी नै ओली र ओलीका समर्थकले यो सपना होइन, यथार्थ हो भनेर विश्वास दिलाउने प्रयत्न गरिरहेका छन् । ओलीको छिमेकी देशको भ्रमणमा भएका प्रयास हेर्दा ओलीको बोलीलाई बल मिलेको छ ।

 

तर, चीनबाट रेलमार्ग जोड्न देखिएको भौगोलिक कठिनाइ र नेपालमा रेलमार्ग विस्तार गर्नमा भारतको लामो समयदेखिको मौनता हेर्दा विपक्षीले सम्भव छैन भनेको कुरालाई पनि धेरथोर बल भने मिलेको छ । यसबीच आगामी दिनमा ओलीको रेल कूटनीतिले सार्थक रूप लिन्छ वा भाषणमै सीमित हुन्छ हेर्न भने अब धेरै कुर्नुचाहिँ पर्दैन ।

 

रेल राजनीति बन्नु हुँदैन, बरु रेल कूटनीति सफल बन्नुपर्छ । आन्तरिक र साना रेल नेपाल आफैँले पनि बनाउनुपर्छ भने ठूला रेलमार्ग भारत र चीनसँगको सहकार्यमा निर्माण गर्नुपर्छ । चीन र भारत दुवैलाई उनीहरूकै लगानीमा काठमाडौंसम्मको रेलमार्ग ल्याउनेमा सहमत गराउन सके वर्तमान सरकारलाई निदाउन नदिने रेल सपना पूरा हुनेछ र ओली सरकारको रेल कूटनीति पनि सफल मानिनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव