जनकपुरधाम । जनकपुरधाम क्षेत्रमै खानाका प्रख्यात रहेका नवरंग होटलले सुविधा सम्पन्न आवाससहित नयाँ होटल सञ्चालनमा ल्याएको छ ।
मंगलवार भगवानकाे पुजापाठ गरि साे नयाँ नवरंग होटलको उद्घाटन गरिएको छ । होटलमा आवासका लागि प्रत्येक रुममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक प्रकाश भगतले जनाएको छ ।
होटलमा अत्याधुनिक रूमकाे व्यवस्था सहित रेष्टुरेन्ट, सेमिनार हल, पार्किँग र रिफ्रेसमेन्ट पैलेससहितको व्यवस्था रहेको जनाइएकाे छ ।
होटलको थप आकर्षण भनेको माथिल्लो तल्लामा भ्यूटावरको व्यवस्था रहेको छ । सो भ्यूटावरबाट पुरै जनकपुरधामको अवलोकन गर्न सकिने जनाइएको छ ।

भगतका अनुसार होटलमा ३५ वटा कोठा रहेको छ भने सञ्चालनको अवसरमा हाल छुटसहित दुई हजारदेखि ३ हजार पांचसय रुपैयासम्मको रुमको व्यवस्था रहेको छ । यसका साथै गाडी चालकका लागि निशुल्क छुट्टै कोठाको व्यवस्था समेत रहेको छ ।
सञ्चालक भगतले भने जनकपुरधाम आउने पर्यटकलाई सबैभन्दा ठूलो समस्या गाडी चालकका लागि थप एउटा रुम लिनुपर्ने बाध्यता रहेको थियो । सो समस्या समाधानका लागि यस होटलमा चालकका लागि निशुल्क एसीसहितको छुट्टै रुमको व्यवस्था गरिएको उनले जानकारी दिए ।
नयाँ नवरंग सञ्चालनमा आएपनि पुराना नवरंग बारे सञ्चारकर्मीसँग कुरा गर्दै ती होटलको आफ्नो छुट्टै पहिचान भएको कारण पुरानो नवरंग भनेर सञ्चालनमा रहनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !