जनकपुरधाम, असोज ४ गते । केन्द्रीय सरकार जस्तै मधेश प्रदेशमा पनि विज्ञसहितकाे छाेटाे अन्तरिम सरकार गठन गर्नुपर्ने जेड युथ फर नेचर (जेडवाईएन) ले माग गरेका छन् ।
शनिवार जनकपुरधाममा एक पत्रकार आयोजना गरी जेडवाईएनले प्रदेशमा अन्तरिम सरकार र चुरे संरक्षणका ६ बुँदे माग अघि सारेका छन् ।
उनीहरुले वन्यजन्तु संरक्षणका लागि छुट्टै मन्त्रालयको व्यवस्था गर्ने र वन्यजन्तु संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने, भूमाफिया र भ्रष्टाचार नियन्त्रण गर्न जनसम्पर्क समिति र नागरिक आयोग गठन गर्नुपर्ने, वन्यजन्तु संरक्षणका लागि विशेष क्षेत्र घोषणा, प्राकृतिक स्रोत–साधनको संरक्षण र सीमावर्ती क्षेत्रमा भइरहेको अतिक्रमण रोकेर नयाँ संरचना निर्माण र वन्यजन्तु संरक्षणका लागि विशेष फोर्स गठन गरी, त्यसलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने माग पनि अघि सारेका हुन् ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेडवाईएनका संयोजक चुरे अभियन्ता समेत रहेका सुनिल यादवले भने जेएन—जीको आन्दोलनले देशमा व्यवस्था त परिवर्तन भए तर भ्रष्टाचार र माफियाहरुको अवस्थामा कुनैपनि परिवर्तन आएको छैन । अहिलेपनि स्थानीय तह, प्रदेश सरकारसहितका कार्यालयहरुमा कर्मचारीहरुले घुस नलिई कामै गर्दैनन् ।
उनले थप्दै जेनजीको आन्दोलनले नेताहरुलाई सुधार्न आन्दोलन त गरे तर कर्मचारीहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको छ । जबसम्म स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमा सुधार आउंदैन तबसम्म अवस्थामा परिवर्तन आउंदैन । यो संगठनले भ्रष्टाचार र माफियाहरु विरुद्ध लड्नेछ ।
सो संगठनमा युवा विद्यार्थी, बौद्धिक वर्ग र विविध पेशामा संलग्न व्यक्तिहरूको संलग्नता रहेको छ भने प्रत्येक गाउँ तथा नगरमा पालिकास्तरीय संगठन विस्तार गरी भ्रष्टाचार र चुरे जोगाउ अभियान संचालन गर्नेछ । प्रदेश सरकार चुरे जोगाउन र भ्रष्टाचार न्युनीकरण नगरे विगतभन्दा पनि बढी आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !