Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विवाह पञ्चमीको व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारको भूमिका शंकास्पद


विवाह पञ्चमीको व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारको भूमिका शंकास्पद

जनकपुरधाम, कात्तिक २४ गते । प्रत्येक वर्ष मङ्सिर शुक्लपक्षका दिन मनाइने विवाह पञ्चमी महाेत्सवकाे व्यवस्थापन गर्नेमा स्थानीय र प्रदेश सरकारको भूमिका शंकास्पद देखिएकाे छ ।

विवाह पञ्चमीकाे अवसरमा प्रत्येक ५ वर्षमा अयोध्याबाट आउने जन्ती यसवर्ष पनि आउने भएकाले विशेष तयारी स्वरुप शनिवार आयाेजित सर्वपक्षीय बैठकमा स्थानीय र प्रदेश सरकारकाे प्रतिनिधिले व्यवस्थापनमा के सहयाेग गर्ने बारे प्रष्ट नगरी शंकास्पद भूमिका देखाएका छन् ।

महोत्सव आयोजक जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाईमा सम्पन्न सो बैठकमा अयोध्यबाट भगवान श्रीरामको आउने जन्ती सहित महोत्सवमा सहभागी हुने लाखौ श्रद्धालुको आवास, शौचालय, खानेपानी र भोजनसहित शान्ति सुरक्षा व्यवस्थापन बारे छलफल गरिएको छ ।

जन्तीको आवास, भोजन लगायतका व्यवस्थापन जानकी मन्दिरले नै गर्ने महन्त रामतपेश्वर दास वैष्णवले जनाएपछि सहभागी सरोकारवाला वक्ताहरुले महोत्सवमा सहभागी हुन आउने श्रद्धालु भक्तजनहरुका लागि आवास, शौचालय, खानेपानी र भोजनको व्यवस्थापन प्रदेश सरकारले गर्ने भनी माग गरेका थिए ।

आवासका लागि ठाउँ ठाउँमा पण्डाल, विभिन्न चौकदेखि जानकी मन्दिरसम्म ठाउँ ठाउँमा सार्वजनिक शौचालय, खानेपानी र भोजन व्यवस्थापन गर्न बारे स्थानीय र प्रदेश सरकारले झाडा टाल्ने प्रयास गरेका छन् ।

स्थानीय सरकारबाट प्रतिनिधित्व गरेका उपमहानगरपालिकाका मेयर जनकपुरधामका मेयर मनोज साहले गत वर्ष झै यसवर्ष पनि आवासका लागि बारहविघा मैदानमा ५ हजार मानिस अटाउन सक्ने क्षमता सहितको पण्डाल व्यवस्थापन गर्ने र आवश्कता आधारमा थप पण्डाल निर्माण सक्ने भन्दै शौचालय, खानेपानी र भाेजन बारे जानकी मन्दिर मेरो क्षेत्राधिकार भित्र नरहेकाले सरोकारवालासँग सम्पन्वय गर्ने भनी झाडा टाल्ने प्रयास गरे ।

यस्तै प्रदेश सरकारको प्रतिनिधिको रुपमा रहेकी शिक्षा तथा संस्कृति मन्त्री रानीशर्मा तिवारीले सीमावर्ती क्षेत्र भिट्ठामोडदेखि जनकपुरधामसम्म स्वागतद्वार बनाउने प्रतिबद्धता जनाईन । तर शौचालय, खानेपानी र खाना बारे उनले पनि केही भनेनन् । ७/८ लाखभन्दा बढी महोत्सव मेला भर्न आउने श्रद्धालु भक्तजनहरुको व्यवस्थापन बारे आयोजित बैठक करीब दुई घण्टासम्म चलेपनि केही निष्कर्ष निस्केनन् ।

यसअघि बसेको बैठकमा मुख्यमन्त्री सतिश सिंहले विवाह पञ्चमी महोत्सवलाई भव्यता प्रदान गर्न प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर पछिल्लो पटकको बैठकमा प्रदेश सरकारको प्रतिनिधित्व गरेकी मन्त्री तिवारीले स्वागत गेट बाहेकका तयारी बारे जानकी मन्दिरले आदेश गरे बमोजिम गर्ने भनी जिम्मेवारी लिन मानिन् ।

केही निष्कर्ष ननिस्केपछि अन्ततः श्रद्धालुहरुको आवास, खानेपानी, शौचालय र खाना बारे सरोकारवाला निकाय बसेर पुनः यस बारे छलफल गर्ने बैठक सम्पन्न गरियो । बैठकमा ठाउँ ठाउँमा विवाहोत्सव हेराउन डिस्पले, सिसिटीभी जडान बारे समेत चर्चा भएपनि कसले जिम्मेवारी लिने बारे टुँगो लाग्न सकेन ।

सप्ताहव्यापी रुपमा मनाइने विवाहोत्सवका लागि अयोध्याबाट जन्ती मंसिर १७ गते मटिहानी पुग्नेछ भने १८ गते जलेश्वर र पिपरा हुँदै जनकपुरधाम पुग्नेछ । मटिहानीमा प्रवेश लगतै मटिहानी नगरपालिकाद्वारा भव्य स्वागत रात्रि भोजन तथा आवास सहित बिहानको खाजापानीको व्यवस्थापन गरिनेछ भने जलेश्वरमा भव्यस्वागतपछि पिपरामा खानाको व्यवस्थापन गरिनेछ । मटिहानी र जलेश्वरले स्वागत गर्ने बैठकमा प्रतिबद्धता जनाएपनि पिपरा गाउँपालिकाले यस बारे कुनै प्रतिक्रिया जनाएको छ ।

बैठकमा धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाजका अगुवा तथा उद्योगी, व्यापारी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

मङ्सिर १८ गते साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्र विघा रंगभूमि मैदानमा आयोजना गरिने धनुष यज्ञमा सहभागी हुने कार्यक्रम तय भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । १९ गते मटकोर विधि गंगासागर र मटिहानीमा सम्पन्न गरिनेछ भने २० गते जन्तीको सहभागितामा तिलकोत्सव महोत्सव सम्पन्न गरिनेछ ।

२१ गते रंगभूमि मैदानमा स्वयंवर र सांझ पख जानकी मन्दिरमा विवाहोत्सव सम्पन्न गरिनेछ भने २२ गते रामकलेवा गरी विवाहोत्सव सम्पन्न गरिनेछ । यसअघि मङ्सिर १६ गते नगर दर्शन र १७ गते फुलबारी लिला जानकी मन्दिरको प्रांगणमै सम्पन्न गरिनेछ ।

प्रत्येक ५ वर्षमा आउने जन्ती यस वर्ष विश्व हिन्दु परिषदका अध्यक्ष अशोक सिंघलको नेतृत्वमा ५ सयको संख्यामा आउने भएको छ । सो जन्तीमा विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय, अयोध्या मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्य महन्त र तिरुपति बालाजीका साधुसन्त सहित लगायत ५ सय बढीको सहभागितामा जन्ती आउने जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ कार्तिक २५, आईतवार १३:१९
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ कार्तिक २५, आईतवार १३:१९
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ कार्तिक २५, आईतवार १३:१९
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ कार्तिक २५, आईतवार १३:१९
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ कार्तिक २५, आईतवार १३:१९
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ कार्तिक २५, आईतवार १३:१९

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव