जनकपुरधाम, कात्तिक ९ गते । आउंदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं. ४ (१) बाट पांचदलीय सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका शेषनारायण यादव चुनावी प्रचार प्रसार तिव्र पारेका छन ।
बुधवार बिहान ठेरामा पांचदलीय गठबन्धनका नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका छन भने दिउंसो जनकपुरधामको कुर्थामा घरदैलो कार्यक्रम गरेका छन । भेटघाटको क्रममा उम्मेदवार यादवलाई पांचदलीय गठबन्धनका नेता कार्यकर्ताहरुले गठबन्धन उम्मेदवारलाई जिताउन अहोरात मेहनत गर्ने प्रतिबद्धता जनाएका छन ।
सो क्रममा गठबन्धन आबद्ध दलका नेता कार्यकर्ताहरुले भने देश विकास र नागरिकताको प्रमुख बाधक रहेका प्रतिगामी शक्ति एमाले र सत्ताका लागि मधेश आन्दोलनको मुद्दा विसाएर मधेशी शहीदलाई अपमान गर्ने जसपालाई कुनैपनि जित्न दिने छैनौ । उनीहरुले गठबन्धन दलबाट अन्तरघात नहुने प्रतिबद्धता जनाउंदै चुनावी तयारी अझै तिव्र पार्ने बताए ।
प्रतिनिधि सभा उम्मेदवार महेन्द्र यादवसँगै घरदैलो कार्यक्रम गरेका नेता शेषनारायणले प्रत्येक घर घरमा गई वृद्धवृद्धासँग आर्शिवाद लिंदै युवा, महिला तथा नागरिक समाजका अगुवाहरुलाई मधेशको विकास निम्ति सहयोग गर्न भन्दै मत मागेका थिए ।
घरदैलोको क्रममा नेता शेषनारायणलाई स्थानीयले स्वागत गर्दै जितको बधाई समेत दिएका छन । उनले स्थानीयसँग कांग्रेस नेतृत्वको गठबन्धन सरकार बने नागरिकताबाट वञ्चित हरेक नागरिकलाई नागरिकता सहज ढंगबाट उपलब्ध गराईने मधेशी दलले मधेशका गुमाएका पहिचान स्थापित गर्ने प्रतिबद्धता स्थानीयसँग गरेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !