काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले पहिला एमसीसी पास त्यसपछि गठबन्धन बारे सोचौंला निष्कर्ष निकालेका छन ।
कांग्रेस कार्य कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहायता परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पास गर्नुपर्नेमा नेताहरु एक देखिएका छन् । कांग्रेस मुख्यालय सानेपामा जारी बैठकमा नेताहरुले पहिला एमसीसी पास गर्ने त्यसपछि गठबन्धन बारेमा सोचौंला सुझाव आएको पूर्वमहामन्त्री डा.शशांक कोइरालाले बताए ।
उनले एमसीसीबारे कांग्रेस प्रष्ट रहेको पनि बताए । उनले भने ‘बैठकमा एमसीसी पास गर्नुपर्छ भन्ने कुरा नै आयो,’ ‘पाँचसय मिलियन डलर आएको छ । एमसीसीबारे कांग्रेसको धारणा पनि प्रष्ट छ,। उनले भने, ‘एमसीसीबारे जनतामाझ भ्रम फैलाइयो । अब जनतामाझ गएर बुझाउनुपर्ने छ । एमसीसी नेपालको लागि राम्रो हो नेपालमा अमेरिकी सेना आउने होइन यो कुनै सैन्य रणनीतिसँग जोडिएको पनि होइन ।’ उनले आम जनताको माझ एमसीसीबारेको भ्रम चिर्ने गरी जानेबारे छलफल भएको बताए ।
त्यस्तै नेता डा. रामशरण महतले आजको बैठमा एमसीसीबारे लामो विषय प्रस्तुत गरेका थिए । उनले पनि एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको बताए । पहिले एमसीसी पास गर्ने र त्यसपछि मात्रै सत्ता गठबन्धनबारे छलफल गरिने डा. कोइरालाको भनाइ छ ।
‘पहिले एमसीसीलाई संसदबाट पारित गर्नुपर्छ भन्ने भएको छ । त्यसपछि गठबन्धनबारे सोचौँला । एमसीसीलाई यसरी अल्झाइराख्ने पक्षमा कांग्रेस छैन,’ उनले भने, ‘अब पास गरेर जानुपर्छ।
बैठकमा एमसीसी पास गरेपछि गठबन्धनबारे सोच्न सकिने कुरा भएको छ।’ सत्तागठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी पास गर्न सहयोग गर्न नसकिने बताइसकेका छन् । उता गठबन्धनकै जनमोर्चा त सडक आन्दोलनमै होमिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !