विराटनगर, चैत १३ गते । प्रदेश १ को ओली समूहको मन्त्रिपरिषद विस्तार गरिएको छ ।
मुख्यमन्त्री शेरधन राइको मन्त्रिपरिषदमा टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने उषाकला राईलाई सामाजिक विकास मन्त्री भएकी छन् ।
आङबोहाङ माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका गरेका थिए भने राई माधवकुमार नेपाल समूह छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य हुन् । उनले साविक नेकपा हुँदा मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेकी थिइन् ।
त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बनाइएको छ । यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री अनिलबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ । उनी मुख्यमन्त्री राइका विश्वास पात्र मानिन्छन् ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । घलेलाई कृषि तथा र मोरङका राजकुमार ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समेत गरेका छन् भने प्रदेश १ प्रमुख सोमनाथ अधिकारीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई सपथ गराएका हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !