जनकपुरधाम, फागुन १७ गते । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा प्रदेश २ का रजनीश कुमार गुप्ता र प्रदेश १ का सुरेशकुमार राठी विरुद्ध मुद्दा दायर गरेको छ ।
विभागका अनुसार प्रदेश २ का बीरगञ्ज महानगरपालिका १० का रजनीश कुमार गुप्ता र प्रदेश १ का विराटनगर महानगरपालिकाका सुरेश कुमार राठी विरुद्ध विरुद्ध मुद्दा दायर गरिएको हो ।
रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रालिका सञ्चालक तथा प्रोप्राइटर गुप्ताविरुद्ध २५ करोड ८० लाख ६५ हजार चार सय २३ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी गरी शुक्रवार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको अनुसन्धानमा देखिएको विभागको दाबी छ ।
विराटनगर स्थित बाबा फ्लोर मिल्स प्रा. लि.का सञ्चालक तथा गोपाल फ्लोर मिल प्रा. लि. का मुख्य कारोबारी राठी, बाबा फ्लोर मिल्स प्रा. लि. को संचालक सुमन राठी तथा कम्पनीका मेनेजर गिरधारी लाल अग्रवालविरुद्ध १५ करोड ३६ लाख ६३ हजार छ सय ७२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी सहित पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
तिनीहरुले बास्तविक विक्री–आम्दानीभन्दा घटी विक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको साथै भीसीटीएस समेतको पालना नगरी राजस्व चुहावट गरेको कसुर अनुसन्धानमा देखिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !