विराटनगर, असोज २३ गते । पछिल्लो २४ घण्टामा विराटनगरमा एक कैदी सहित ३ र धरानमा २ जना गरी पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगरमा २० वर्षीय एक बन्दी युवक सहित नोबेलमा रंगेली नगरपालिका ९ का एक पुरुष र रंगेली नगरपालिका ४ का ७२ वर्षीय संक्रमित वृद्धको मृत्यु भएको छ भने धरान स्थित बिपी अस्पतालमा सुनसरी धरान उपमहानगरपालिका १२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुष, इटहरी उपमहानगरपालिका ६ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको को बिहीबार राति करिब १० बजे मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार बिहान अस्पताल ल्याइएका ७२ वर्षीय वृद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानमा जिल्ला कारागारमा रहेका दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो । मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो ।
उनको शुक्रबार बिहान सवा १० बजे कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । कोशी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार बिहीबार बिहान साढे ७ बजे भर्ना भएका युवकमा बिहीबार बेलुका ९ बजे कोरोना पोजेटिभ देखिएको थियो ।
जिल्ला कारागार मोरङका जेलर सुवास लामिछानेका अनुसार मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेका थिए ।
१५ असोजमा कारागारमै रहेका २७ वर्षीय पुरुषको मृत्यु भएको थियो । ९ सय १८ जना कैदी बन्दी रहेको कारागारमा पाँच जनालाई कोरोना पोजेटिभ देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !