विराटनगर, साउन ३२ गते । प्रदेश १ को राजधानी विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरपालिकाद्वारा आइतवार सार्वजनिक गरेको पीसीआर परीक्षणमा १९ महिला सहित ४३ जनामा संक्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन ।
सङ्क्रमित हुनेहरुमा मा विराटनगर ६ का सात जना, ३, ९, ११ र १५ का ६÷६ जना , विराटनगर २ र ५ का चार/चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् ।
यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थपिएका थिए । विराटनगरमा सङ्क्रमितको संख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको संख्या ८६ जना रहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !