विराटनगर, साउन २२ गते । विराटनगर महानगरपालिकामा १३ जना संक्रमित थपिएको छ ।
महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान आएको पीसीआर परिक्षण रिपोर्ट अनुसार पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको छ ।
विराटनगर २ का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १३ का ३ जना छन् ।
संक्रमितमध्ये केही प्रहरी रहेको छ भने तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ सय ८३ पुगेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !