विराटनगर, साउन २१ गते । प्रदेश १ विराटनगर स्थित कोशी अस्पतालमा पनि स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन ।
मंगलवार मात्रै दुई स्टाफ नर्स र एक सफाई कर्मचारी सहितका संक्रमित भएका छन । सो अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या ११ पुगेको छ ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमितमा एक जना डाक्टर, ६ जना नर्स, २ जना सफाइ कर्मचारी र दुई जना प्राविधिक छन् । विभिन्न मितिमा ११ जनालाई संक्रमण देखिएपछि अस्पतालका ४० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. दासका अनुसार लकडाउनका कारण सेवाग्राही घटेका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमा संक्रमण पनि बढेको छ । स्वास्थ्यकर्मी नै उच्च जोखिममा भएपछि अस्पतालले थोरै स्वास्थ्यकर्मीमार्फत बिरामी हेरचाह गर्ने योजना बनाएको छ ।
कोशी अस्पतालको बहिरंग सेवा सञ्चालन मै रहेको डा. दासले जानकारी दिएका छन । बिहीबार ओपीडी इञ्चार्जसहित दुई कर्मचारीमा कोरोना देखिएपछि अस्पतालले ओपीडि सेवा अनिश्चितका लागि बन्द गरेको थियो । तर सरसफाइ र सेनिटाइज पछि मंगलबारबाट ओपीडी सेवा सुरु गरेको उनले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !