काठमाडौ, जेष्ठ २६ गते । खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छामा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार खुकुरी प्रहारबा स्थानीय ६५ वर्षिय डिल्लीराज राईको मृत्यु भएको छ उनकी श्रीमति ६२ वर्षिया सममाया राई घाइते भएको छ ।
स्थानीय शुभराज राईको खुकुरी प्रहारबाट डिल्लीराज र उनका श्रीमति सममाया घाइते भएको थियो । घटना पश्चात प्रहरीले तिनीहरुलाई उद्धार गरी उपचारका लागि काठमाडौ पठाउने तयारीकै क्रममा डिल्लीराजको मृत्यु हुन गएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
घाइते सममायाको उपचारको लाग काठमाडौ पठाइ सकिएको र खुकुरी प्रहार गर्ने शुभराजलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिप्रका खोटाङले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !