जनकपुरधाम, जेठ १८ गते । प्रतिनिधि सभा सांसद राजेन्द्र महतोले सत्ताधारी दलले आफू दाता र अरु भिखारी बुझेर बजेट विनियोजन गरेको आरोप लगाएका छन ।
आइतवार प्रतिनिधि सभामा गत दुई दिनअघि आगामी वर्षका लागि विनियोजन भएको बजेट बारे प्रतिक्रिया दिदै भने सत्ताधारी दलले आफू श्रेष्ठ, विजेता भएको दाबी गर्ने र अरुलाई असभ्यित, अविकसित सम्झिने त्यही हिसाबले दाताको हिसाबले बजेट वितरण गर्ने गरेको आरोप लगाए ।

धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधित्व गर्ने सांसद महतोले सत्ताधारी दलहरुले आफू मालिक अरु चाहि भिखारी सम्झेर बजेट वितरण के यही हो बजेटको प्रवृति भन्ने प्रतिप्रश्न गरे ।
उनले भने यता बजेटका योजनाहरु विगत ५ सय वर्षदेखि औपनिवेशिक रुपमा संचालन हुँदै आएको छ र नेपालमा पनि एकीकरण पश्चात त्यही भइरहेको छ ।
एकातर्फ नागरिक र अर्कोतर्फ सामान्ती प्रथा रहेको छ औपनिवेशिक राज्यहरुको बजेट बनाउंदा खेरी आफूलाई दाता र नागरिकलाई प्रजा पनि नबुझी बक्सीस दिने मानसिकताले बजेट बनाउने गरिएको छ जसको शिकार नेपाल र नेपाली भइरहेको यही चरित्र हो राज्यको महतोले भने ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !