जनकपुरधाम, जेठ १२ गते । सोमवार ७२ जना थपिए संगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् ।

त्यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
रौतहटमा फेला परेका संक्रमित राजपुर नगरपालिका ९ फरहदवा वडा नं. २, ६ र ८ तथा इशनाथ नगरपालिका वडा नं. २ का रहेका छन ।
बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सप्तरीका दुवै संक्रमित डाक्नेश्वरी गाउँपालिकाका हुन भने धनुषाको तीन वटै संक्रमित नगराइन नगरपालिकाका हुन ।
बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !