विराटनगर, वैशाख २३ गते । प्रहरीले विराटनगरबाट १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ गरेका छन ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको बताइएको छ ।
रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।
खाली ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ ।
रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने अनुसन्धानबाट खेल्ने प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी ः

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !